शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बीमा ऐन २०७९ : बीमा कम्पनीको लाभांश वितरणमा कडाइ (यस्ताे छ व्यवस्था)

images
सोमबार, असोज ३१ २०७९
images
बीमा ऐन २०७९ : बीमा कम्पनीको लाभांश वितरणमा कडाइ (यस्ताे छ व्यवस्था)
images
images

काठमाडौं- सरकारले नयाँ बीमा ऐन २०७९ जारी गर्दै सेयरधनीलाई दिने लाभांशमा कडाइ गर्ने भएको छ। बीमा ऐनले चारवटा विषय पूरा नगर्ने कम्पनीलाई लाभांश वितरणमा रोक लगाएको छ। 

images
images
images

कम्पनीहरुले प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी ऐन तथा प्राधिकरणले निर्धारण गरेबमोजिम जोखिम व्यहोर्ने कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म लाभांश वितरण गर्न पाउने छैन। 

images
images

त्यस्तै ऐनको दफा ३६ बमोजिम पुर्‍याउनुपर्ने न्यूनतम चुक्ता पुँजी पूरा नगरेसम्म लाभांश वितरण गर्न पाइने छैन।

images
images

त्यस्तै दफा ४२ बमोजिमको सम्पति र दायित्वको अनुपात कायम नभएसम्म लाभांश वितरणमा रोक लाग्नेछ। त्यस्तै सर्वसाधारणलाई छुटयाइएको सेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पुँजी भुक्तानी नभएसम्म लाभांश वितरण गर्न पाइने छैन। 

प्रचलित कानून बमोजिम बीमकले लाभांश घोषणा गर्नुअघि तोकिए बमोजिम प्राधिकरणको स्वीकृत लिनुपर्नेछ।

bima.JPG

 


प्रकाशित : सोमबार, असोज ३१ २०७९०४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend