मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

युकेको लाहुरे हुँ भन्दै धादिङमा ठगी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३० २०७९
images
युकेको लाहुरे हुँ भन्दै धादिङमा ठगी

एक होटल सञ्चालकसँग अपरिचित व्यक्तिले झुक्यानमा पारी पैसा लिएर फरार भएका छन्।

images
images

धादिङ- सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन्। पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्।

images
images
images

महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर होटल सञ्चालक सेती गुरुङसँग ११ हजार रुपैयाँ नगद लिएर गायब भएको होटल सञ्चालक सीता गुरुङले बताइन्।

images
images

शुक्रबार ती व्यक्तिले छोडेको झोला शनिबार दिउँसो खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ। सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पुर्‍याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै ११ हजार रुपैयाँ लिएर गएको होटल सञ्चालक गुरुङले जानकारी दिइन्।

images
images

सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असोज ३० २०७९०२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend