मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

पाँच वर्षमा २४२ प्रतिशतले बढ्यो छुर्पी निर्यात; अब निर्यात अनुदान पनि

images
आइतबार, असोज ३० २०७९
images
पाँच वर्षमा २४२ प्रतिशतले बढ्यो छुर्पी निर्यात; अब निर्यात अनुदान पनि

घरेलु तथा साना उद्योग, किसान लाभान्वित हुने यस्तो उत्पादनका लागि अनुदान दिनुपर्ने माग विगतदेखि उठ्दै आएको थियो। 

images
images

काठमाडौं- स्वदेशी सीप र कच्चा पदार्थमा आधारित कृषि उत्पादन छुर्पीको निर्यातमा पनि अनुदान पाइने भएको छ। 

images
images
images

साना तथा घरेलु उद्योग, किसानहरूले उत्पादन गर्दै वर्षौंदेखि निर्यात गरिरहेको भएपनि अहिलेसम्म निर्यातमा अनुदान नपाएको यो वस्तुले अबदेखि पाउने भएको छ। 

images
images

सरकारले हालैमात्र संसोधन गरेको निर्यात अनुदान कार्यविधिमा छुर्पी निर्यातमा पनि अनुदान दिने व्यवस्था गरिएको छ। निर्यात अनुदान कार्यविधि २०७५ को अनुसूची १ मा १६ औँ बुँदा थप गर्दै दुग्धजन्य पदार्थका लागि पनि अनुदान व्यवस्था गरिएको छ। तर यस्तो अनुदान पाउनका लागि परिवर्त्य विदेशी मुद्रा आर्जन हुनेगरी निर्यात गर्नुपर्ने छ। 

images
images

स्वदेशी कच्चा पदार्थ तथा किसानले नै उत्पादन गर्ने छुर्पीमा निर्यात अनुदान दिने व्यवस्था यसअघि थिएन। अन्य उद्योगले अनुदान पाउँदा पनि छुर्पी यो सूचीमा थिएन। 

नेपालमै उत्पादन भएर निर्यात हुने वस्तुमा छुर्पीको व्यापार पछिल्लो समय बढ्दै गएको छ। भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा यसको निर्यात २४२ प्रतिशतले बढेको छ। कुकुर तथा बिरालोको दानाका रुपमा निर्यात हुँदै आएको छुर्पीबाट गएको वर्षमात्र मुलुकमा २ अर्ब ९१ करोड रुपैयाँ बराबर मुद्रा भित्रिएको थियो। 

घरेलु तथा साना उद्योग, किसान लाभान्वित हुने यस्तो उत्पादनका लागि अनुदान दिनुपर्ने माग विगतदेखि उठ्दै आएको थियो। 

छुर्पी लगायतका अन्य दुग्धजन्य पदार्थको निर्यात गर्नेले पाँच प्रतिशत अनुदान पाउने छन्। यसका लागि उनीहरुले ५० प्रतिशत मूल्यअभिवृद्धि गर्नुपर्ने छ। यस बाहेक मूल्यअभिवृद्धि ८० प्रतिशत पुर्‍याएको कूल निर्यात रकमको थप १ प्रतिशत अनुदान थप हुने छ। सामूहिक राष्ट्रिय ट्रेडमार्क दर्ता गरी निर्यात गरेमा निर्यात मूल्यमा १ प्रतिशत रकम थप हुनेछ। 

२० प्रतिशतले अनुदान बढाएमा बढेको निर्यात मूल्यको १ प्रतिशत रकम पनि निर्यातकर्ताले पाउने कार्यविधिमा व्यवस्था गरिएको छ। निर्यात अनुदान दाबी गर्नका लागि मूल्यअभिवृद्धि प्रमाणीकरण गराउनुपर्छ। यसका लागि उद्योग विभागमा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र निर्धारित ढाँचामा निवेदन दिनुपर्ने छ। यस्तो निवेदन अनलाइन माध्यमबाटै दिन सकिने छ। 


प्रकाशित : आइतबार, असोज ३० २०७९०३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend