शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

बैंकिङ तरलतामा सुधारले दसैँ अगाडि सेयर बजारमा हरियाली, कहिलेसम्म टिक्ला?

images
बिहीबार , असोज २१ २०७८
images
बैंकिङ तरलतामा  सुधारले दसैँ अगाडि सेयर बजारमा हरियाली, कहिलेसम्म टिक्ला?

बैंकिङ तरलताले आत्तीएका लगानीकर्ताले यस साता केहि समालिएका छन्।

images
images

काठमाडौं- बैंकिङ तरलताले आत्तीएका लगानीकर्ताले यस साता केहि समालिएका छन्। बैंकहरुमा देखिएको चरम तरलता अभाव र बढ्दो व्याजदरका कारण केहि समयदेखि सेयर लगातार घटिरहेको छ। नेपाल राष्ट्र बैंकले असोज १९ गते सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरुको तरलतामा केहि सुधार भएको देखियो।

images
images
images

आपुर्तीकर्ताहरुले दसैँ तिहारका लागि ल्याएको सामान बजारमा बिक्री गर्न थाले सँगै उनिहरुको निक्षेप बढ्न थालेको छ। सबैभन्दा पहिला विदेशबाट समान आपुर्ती गर्नेले होलसेलरलाई बिक्री गर्छ। होलसेलरले खुद्रा व्यापारीलाई बिक्री गर्छ। खुद्रा व्यापारीले उपभोक्तालाई सामान बिक्री गरेपछि अहिलेको आपुर्ती चक्र पुरा हुन्छ।

images
images

लगभग यो चक्र पुरा हुने अन्तिम चरणमा छ। साउन यता मात्रै तीन खर्ब भन्दा बढीको सामान आयात भएको छ। त्यस मध्ये अधिकाम्स दैनिक उपभोग्य बस्तु तथा विलासिताका सामान छन्। र केहि जलविद्युत आयोजनाका निर्माण सामाग्री आयात भएका छन्।

images
images

दैनिक उपभोग्य वस्तुको उपभोगकर्ता आम सर्वसाधारण भएको हुँदा उनिहरुबाट उक्त पैसा  लगभग डबल भएर बैंकिङ च्यानलमा आउछ। यसले गर्दा कात्तिक महिनामा बैंकहरुलाई तरलताको खासै समस्या नपर्ने बैंकरहरु बताउछन्। दुई वर्षदेखि रोकिएको आयात एकै पटक हुँदा साउनदेखिनै बैंकहरुबाट अधिक कर्जा प्रवाह भयो।

यसै अवधिमा नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरी सिडी रेसियो लागु गर्यो। त्यस पछि बैंकहरुमा तरलता अभावको हाहाकार मच्चियो। असोज महिनाका लागि अधिकांश बैंकहरुले निक्षेपको व्याजदर बढाएका छन्।

निक्षेपको व्याजदर बढाउने वित्तीकै आधार व्याजदर बढ्छ। बैंकहरुले कात्तिक महिनाका लागि असोज ३१ गते कर्जाको व्याजदर बढाउने निश्चित छ। यस अवधिमा बैंकिङ प्रणालीमा निक्षेप कित्तीको भित्रिन्छ। साथै व्याजदर कत्तीको बढ्छ भन्ने कुराले अवको दिनमा सेयर बजारको गति तय हुने विश्लेषकहरु बताउछन्।

कतिपय लगानीकर्ताहरुले दसैँपछि बैंकिङ प्रणालीम प्रसस्त पैसा आउने र अहिलेको तरलता अभावको समस्या केहि हदसम्म समाधान हुने आकलन गर्दै सेयर खरिद गरिरहेका छन्। यस साता बुधबार र बिहीबार मात्रै ९० अंकको सुधार देखिएको छ। दुई दिनको सुधारमा कारोबार रकम भने खासै बढ्न सकेको छैन।

अझै पनि ब्रोकरहरुले असोज ३१ गतेपछि मात्रै सेयर खरिद गर्ने या नगर्ने विषयमा भनुला भनिरहेका छन्। त्यस्तै ठुला लगानीकर्ताहरु पनि नेपाल राष्ट्र बैंकलाई लगाउन चाहिरहेका छन्। राष्ट्र बैंकबाट पहिलो त्रैमाशिक समिक्षामा सेयरधितोकर्जाको ४/१२ करोडको सिमा हटाउने संकेत देखियो भने बजारले अर्को बुल बनाउने विश्लेषकहरु बताउछन्।

यदि कात्तिकमा तरलता सहज दिखियो र राष्ट्र बैंकले सीडी रेसियो तथा ४/१२ करोडको सिमालाई हटायो भने ठुला लगानीकर्ता सेयर बजारमा प्रवेश गर्ने छन्। तर यि दुबै कुराहरुमा संवोधन भएन भने बजार बढ्ने भन्दा घट्ने दर धेरै हुने छ।


प्रकाशित : बिहीबार , असोज २१ २०७८०२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend