मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

बेलायती प्रधानमन्त्री ट्रसले ३८ दिनमै बर्खास्त गरिन् अर्थमन्त्री, जेरेमी हन्ट नयाँ अर्थमन्त्री

images
शुक्रबार, असोज २८ २०७९
images
बेलायती प्रधानमन्त्री ट्रसले ३८ दिनमै बर्खास्त गरिन् अर्थमन्त्री, जेरेमी हन्ट नयाँ अर्थमन्त्री

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अमेरिकामा रहेका बेलायती अर्थमन्त्रीले भ्रमण छोट्याएर बेलायत फर्किएका थिए।

images
images

काठमाडौं- बेलायती प्रधानमन्त्री लिज ट्रसले क्वासी क्वार्टिङलाई अर्थमन्त्रीलाई बर्खास्त गर्दै नयाँ अर्थमन्त्री नियुक्त गरेकी छिन्। उनले क्वार्टिङलाई अर्थमन्त्री नियुक्त भएको ३८ दिनमै बर्खास्त गरेकी हुन्। नयाँ अर्थमन्त्रीका रुपमा जेरेमी हन्ट नियुक्त भएका हुन्।

images
images
images

क्वार्टिङले ल्याएको मिनी बजेटबाट अर्थतन्त्रमा देखिएको जटिलता समाधानको गुन्जायस नदेखेपछि हटाइएको दाबी प्रधानमन्त्रीको छ। प्रधानमन्त्री ट्रसले शुक्रबारको नियमित पत्रकार सम्मेलनमार्फत अर्थन्त्रीलाई हटाएको जानकारी गराइन्। 

images
images

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अमेरिमा रहेका अर्थमन्त्री क्वार्टिङ भ्रमण छोट्याएर बेलायत फर्किएका थिए। अर्थमन्त्रीले पदको दुरुपयोग गर्दै कर कटौती सम्बन्धी सदनमा पेश गरिएको प्रस्तावमा ठूलो बदलाव गरेको आरोप लगाइएको छ। आफूले बेलायतमा उच्च आर्थिक वृद्धि गर्न चाहेको र चुनौतीका बाबजुद पनि अझै समृद्ध मलुक बनाउन चाहेको बताइन्। बेलायतमा आर्थिक स्थायित्व ल्याउनका लागि अर्थमन्त्री परिवर्तन गरेको उनले बताइन् ।

images
images

'मैले गरेका प्रतिबद्धताप्रति म कटिबद्ध छु.' ट्रसले पत्रकार सम्मेलनमा भनिन्, 'हामीले जनताले यो हिउँदमा उर्जामा धेरै बिल तिर्नु नपरोस् भनेर उर्जाको मुल्य ग्यारेन्टी गरिसकेका छौँ ।'

लामो समयपछि पाउण्डको तुलनामा अमेरिकी डलर मजबुत बन्दै गएको छ। जसका कारण बेलायती अर्थमन्त्री दबाबमा परेको छ।

गत महिना क्वार्टङले मिनी बजेट ल्याएर कर कटौतीको घोषणा गरेका थिए। प्रधानमन्त्री ट्रसले अर्थमन्त्रीलाई नै बर्खास्त गरेर त्यसमा युटर्न गरेको संकेत गरेकी छन्।

क्वार्टङ ट्रसका पुराना साथी हुन्। 

नयाँ अर्थमन्त्री जेरेमी हन्ट बेलायतका पुराना राजनीतिज्ञ हुन् । उनले यसअघि संस्कृति मन्त्री भएर पनि काम गरेका थिए।


प्रकाशित : शुक्रबार, असोज २८ २०७९१४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend