मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

images
शुक्रबार, असोज २८ २०७९
images
आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य मन्त्रालयको सिफारिसमा थप दुई महिना प्रतिबन्ध लम्ब्याउने निर्णय गरिएको हो। 

images
images

काठमाडौं- वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४ वस्तुमा रहेको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्बिएको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले गएको बैशाख १४ देखि कार, मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।

images
images
images

तर असार मसान्तमा सरकारले १० वस्तुलाई घटाएर ४ वस्तु पेट्रोलियम कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा बढीका मोबाइल र सबै प्रकारका मदिराको आयातमा भने प्रतिबन्ध लगाएको थियो। 

images
images

सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले मंसिर मसान्तसम्म आयात रोकिने भएको जानकारी दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य मन्त्रालयको सिफारिसमा थप दुई महिना प्रतिबन्ध लम्ब्याउने निर्णय गरिएको हो। 

images
images

भदौ १४ गते सरकारले प्रतिबन्ध लगाएको केही वस्तुलाई खुलाएर १५० सीसीभन्दा माथिका मोटरसाइकल, पेट्रोलियम कार, ३ सय डलरभन्दा माथिका मोबाइल र मदिराको आयात प्रतिबन्ध कायमै राखेको थियो।

उक्त वस्तुको आयात प्रतिबन्ध शुक्रबार रातिबाट सकिँदै छ। त्यसपूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती ४ वस्तुको आयात प्रतिबन्धलाई थप २ महिना बढाउन सिफारिस गरेको हो।

यसअघि गत बैशाख १४ देखि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाइएकोमा १४ भदौबाट कार्यान्यन हुने गरी चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुरकुरे, लेज र तासको आयात प्रतिबन्ध हटाएको थियो। व्यवसायीहरुले गाडी तथा मदिराको आयात प्रतिबन्ध खुलाउनको लागि तीब्र लबिङ गरिरहेका छन्। तर, मन्त्रालयले तत्काललाई नखुलाउन सिफारिस गरेको हो। 

यता अटोमोबाइल व्यवसायीले भने अब पनि प्रतिबन्ध कायम राखे सटर नै बन्द गरेर बस्ने भन्दै सरकारलाई दबाब दिँदै आएका छन्।


प्रकाशित : शुक्रबार, असोज २८ २०७९०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend