मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

देश विकास र युवालाई रोजगारी दिने हुटहुटीले उम्मेदवार बनेँ : विनोद चौधरी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २८ २०७९
images
देश विकास र युवालाई रोजगारी दिने हुटहुटीले उम्मेदवार बनेँ :  विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले देश बनाउने र रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हुटहुटीले राजनीतिमा आएको बताएका छन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले देश बनाउने र रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हुटहुटीले राजनीतिमा आएको बताएका छन्।

images
images
images

उनले आफूलाई गठबन्धनको मात्रै नजर नहेर्न आग्रह गरेका छन्। ‘म नाम, पैसा र शक्तिको नजिक समेत बसेर काम गरिसके मलाई देश विकास गराउने हुटहुटीले मात्रै उम्मेदवारी हो,’ चौधरीले भने। युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको समेत बताए। 

images
images

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे।

images
images

उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताउँदै मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्तिकेन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए।

चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए।

विनोद चौधरी नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम १ मा कांग्रेसबाट उम्मेदवार छन्। 

भिडियोमा हेर्नुहोस्


प्रकाशित : शुक्रबार, असोज २८ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend