मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

सिञ्जाका तीन स्थानीय तह सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २७ २०७९
images
सिञ्जाका तीन स्थानीय तह सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

अविरल वर्षाका कारण ती स्थानीय तहमा जनधनको क्षति भएकाले सङ्घीय सरकारलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए। 

images
images

कर्णाली- दसैँदेखि असोज २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त जुम्ला सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ।

images
images
images

जिल्ला प्रशासन कार्यालय जुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सिञ्जा क्षेत्रका कनकासुन्दरी, हिमा र सिञ्जा गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष माग गरेको छ। 

images
images

बैठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को ९१० बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिञ्जा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडानं १, ३, ४, ६, ७ र ८ तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको वडा नं ३ लाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।

images
images

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार विपद्ले जुम्लामा एक हजार छ सय ७५ घर विस्थापित भएका छन्। तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्च जोखिम, ७२६ घर आंशिक क्षति भएका छन्। बाढीपहिराले जुम्लामा १० जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्। 

'क्षतिको थप विवरण आउन अझै बाँकी छ', सहायक प्रजिअ रिजालले भनिन्, 'यसका लागि स्थानीय तह र विषयगत कार्यालयलाई निर्देशन स्थलगत रुपमा पुगेर तथ्य विवरण ल्याउन सुझाएका छौँ।'

आजको बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार असोज १९ गते परेको अविरल वर्षा र बाढीले अवरुद्ध कर्णाली राजमार्ग खुलाउन जुम्ला रारालिहीदेखि नाग्म सडकमा डोजर लिएर जिल्लाको सरोकारवाला सबै टोली त्यहाँ पुगेको उनले बताइन्।  

सडक सुरु गर्न काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसमेत डुबानमा परेको जनाउँदै त्यसको आवश्यक व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए। हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुङ्गालगायतका बस्ती पहिराले विस्थापित बनाएकाले उनीहरुको पुनःस्थापनामा प्राथमिकता दिन आग्रह गरे। रासस


प्रकाशित : बिहीबार , असोज २७ २०७९१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend