मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २७ २०७९
images
खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

कालिकोटदेखि जुम्ला जोड्ने सडक बाढीपहिराले कटान गरेसँगै अवरुद्ध भएको छ। बाढीपहिराले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको छ।

images
images

दैलेख- अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ। बिचमा पर्ने दैलेख खण्ड छ दिनदेखि बन्द थियो। 

images
images
images

राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन्। बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक खुलेको हो।

images
images

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरी सडक सञ्चालनमा आएको हो।

images
images

नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ठूलो ढुङ्गा फुटाएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए। 'कालिकोटसम्म सवारीसाधन चल्न मिल्ने गरी सडक खुलेको छ', प्रमुख साहले भने, 'ठाउँठाउँमा पहिराले सडक बिग्रेकाले होसियारीपूर्वक सावरी चलाउनुपर्छ।' उनका अनुसार दैलेखका सिमानामा भएका अवरुद्ध बाटाहरु सबै खुलाइएको छ।

कालिकोटदेखि जुम्ला जोड्ने सडक बाढीपहिराले कटान गरेसँगै अवरुद्ध भएको छ। बाढीपहिराले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको छ। तिला नदीले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने हुन्छ। रासस


प्रकाशित : बिहीबार , असोज २७ २०७९१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend