शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बर्खास्त भए जसपाका चार मन्त्री

बिहीबार , असोज २७ २०७९
बर्खास्त भए जसपाका चार मन्त्री

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्री बर्खास्तमा परेका छन्। जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री बर्खास्त गरेका हुन्। 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह बर्खास्तमा परेका हुन्। 

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो। सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चारवटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छिन्।

dauba-dismiss-jasapa-minister.jpg

 


प्रकाशित : बिहीबार , असोज २७ २०७९१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend