मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २७ २०७९
images
बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ।

images
images

सुर्खेत- पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७ सय १५ घर परिवारका ४ हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन्। 

images
images
images

प्रहरीको तथ्याङ्कअनुसार ७ सय १५ घरपरिवारका ४ हजार १ सय ५ जना विस्थापित भएका हुन्। सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन/तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। 

images
images

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका दुई सय २१ जना, जुम्लामा एक सय ८७ घरपरिवारका एक हजार एक सय ६६ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए। 

images
images

कालीकोटमा एक सय ६७ घर परिवारका एक हजार दुई सय ६९ जना, हुम्लाका ४५ घरपरिवारका एक सय ८१ जना विस्थापित भएको उनको भनाइ छ।

डोल्पामा चार घरपरिवार विस्थापित भएका छन् । प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ। राहत र उद्धारका लागि १ हजार ९ सय ३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिए। प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , असोज २७ २०७९०३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend