शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

लुम्बिनी सरकारले ल्यायो प्रतिस्थापन विधेयक 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
images
लुम्बिनी सरकारले ल्यायो प्रतिस्थापन विधेयक 

नाराबाजीका बीच एउटा विधेयक पारित भएको थियो । 

images
images

बुटवल- लुम्बिनी प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले ४० अर्ब ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेका हुन्। 

images
images
images

कूल बजेटमध्ये चालु खर्चतर्फ  १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगत खर्चतर्फ  २२ करोड ४७ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रतिशतका आधारमा कूल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूँजीगत खर्चतर्फ हुन आउँछ । त्यसबाहेक ११.८२ प्रतिशतअर्थात् चार अर्ब ८४ करोड २३ लाख स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ । 

images
images

पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान प्रतिपक्षी दल नेकपा एमालेले लिएको छ । यसअघि भएको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको थियो । नाराबाजीका बीच एउटा विधेयक पारित भएको थियो । 

images
images


प्रकाशित : बुधबार, असोज २० २०७८१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend