शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

काँग्रेस गण्डकी प्रदेशका महामन्त्री श्रेष्ठको सभापति देउवालाई पत्र– मलाई जस्ताे अपमान अब कुनै स्वाभिमानी कार्यकर्ताले भोग्नु नपरोस्

मंगलबार, असोज २५ २०७९
काँग्रेस गण्डकी प्रदेशका महामन्त्री श्रेष्ठको सभापति देउवालाई पत्र– मलाई जस्ताे अपमान अब कुनै स्वाभिमानी कार्यकर्ताले भोग्नु नपरोस्

काठमाडौं-समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका गण्डकी नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरण श्रेष्ठ संसोधनपछि तेस्रोमा पु¥याएपछि असन्तुष्टी जनाएका छन्। महामन्त्री श्रेष्ठले आफूलाई थाहै नदिइकन तेस्रो नम्बरमा पु¥याइएको भन्दै काँग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवालाई समेत असन्तुष्टी जनाउँदै पत्र लेखेका छन्।  

श्रेष्ठलाई गण्डकी प्रदेशबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा अन्र्तगत प्रदेश तर्फको समानुपातिक सूचीमा पहिलो पटक पहिलो नम्बरमा राखेपनि अर्को संसोधनमा ३ नम्बरमा पु¥याएपछि श्रेष्ठले जिल्ला, प्रदेश र केन्दलाई असन्तुष्टी पत्र पठाएका हुन्। ‘अहिले सूचीबाटै नाम हटाउन नमिल्ने भएकोले असन्तुष्टी जनाएको तर पार्टीको गम्भिर गल्ती हो,’ गण्डकी प्रदेशका महामन्त्री श्रेष्ठले भने। महामन्त्री श्रेष्ठको ठाँऊमा नयाँ नाम थपगरेका थिए। प्रदेशको महामन्त्रीलाईनै हटाएर कनिष्ट व्यक्तिलाई सूचीमा पहिलो नम्बरमा राखेपछि गण्डकी प्रदेशका महामन्त्रीले असन्तुष्टी जनाएका हुन्। 

‘पार्टीको तर्फबाट निर्वाचन आयोगमा प्रथम पटक पेश गरिएको बन्दसूचीमा पनि १ नं. प्राथमितामा नै राखेर पेश गरिएको थियो, बन्द सूचीको संशोधन पेश गर्दा आदिवासी जनजाती तर्फको क्रममा परिबर्तन गरी मेरो नाम ३ नं.राखिएको रहेछ,’ श्रेष्ठले भने। प्राथमिकतामा रहेको अहिले पछि मात्र जानकारी भएकोले मेरो आत्मसम्मान र स्वाभिमानमा गम्भिर चोट पुगेको समेत महामन्त्री श्रेष्ठले बताए। ‘प्राथमिकताको क्रममा समावेश मेरो नाम प्रति मेरो असहमति र असन्तुष्टि जाहेर गरेको पत्र केन्द्रीय सभापति ज्यू समक्ष पेश गरेको छु,’ श्रेष्ठले भने। यस्तो अपमान अन्य कुनै स्वाभिमानी कार्यकर्ताले भोग्नु नपरोस् भन्ने तर्फ पार्टी नेतृत्वलाई ध्यानाकर्षण पनि गराएको समेत श्रेष्ठले बताए। 

समानुपातिकमा नेतृत्वले पक्षपात गरेको अवस्य भएपनि अहिले मेरो ध्यान चुनावमा काँग्रेस र गठबन्धन नेतृत्वलाई जिताउने अभियाननै भएको बताए। नेपाली काँग्रेस गोरखाको स्थापनाकाल देखिनै श्रेष्ठ राजनीतिमा सक्रिय छन्।

श्रेष्ठ गोरखा जिल्ला सचिव दुईपटक तथा २०७० को संविधानसभा चुनावमा क्षेत्र नम्बर १ मा माओवादी नेता बाबुराम भट्टराईसँग प्रतिस्प्रर्धा गरेका थिए। गत वर्ष सम्पन्न पार्टीको महाधिवेशनमा श्रेष्ठ गण्डकी प्रदेशको महामन्त्रीमा निर्वाचित भएका थिए। 

जस्तोसुकै संकट आए पनि पार्टी, लोकतन्त्र र राष्ट्रिय हितका पक्षमा बोल्न र लेख्न नडराउने प्रतिवद्धता जनाउँदै श्रेष्ठले चुनावी अभियानमा लाग्न आग्रह समेत गरेका छन्। 

 


प्रकाशित : मंगलबार, असोज २५ २०७९०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend