शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

दुई दिनको ओरालोपछि देखियो सेयर बजारमा सुधार, तर देखिएन उचाइतर्फको संकेत

images
बुधबार, असोज २६ २०७९
images
दुई दिनको ओरालोपछि देखियो सेयर बजारमा सुधार, तर देखिएन उचाइतर्फको संकेत
images
images

काठमाडौं- सेयर बजारमा लगातार दुई दिनको ओरालो यात्रापछि बुधबारको कारोबार केही थामिएर सामान्य वृद्धि देखिएको छ। अहिलेको अवस्थाले वृद्धितर्फ संकेत नगरे पनि बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ। 

images
images
images

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण ओरालो यात्रामा रह्यो। बुधबार ११.३६ अंकले बढेर बजार १८६६.५२ बिन्दुमा पुगेको छ। जहाँ ६९ करोड १७ लाख रुपैयाँको कारोबार हुँदा १४० कम्पनीको सेयर मूल्य बढेको छ। 

images
images

अहिलेको वृद्धि क्षणिक भएको र बजार उतारचढावमा नै रहने विश्लेषकहरू बताउँछन्। यसअघि चुनावी माहोलले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको भए पनि अहिलेको बजारमा कुनै प्रभाव देखिएको छैन। उतारचढावपूर्ण यात्राकै निरन्तरता देखिँदा बजारमा सुधारको स्थायी आधार स्पष्ट हुन सकेको छैन।

images
images

यो साता आइतबारको पहिलो कारोबारमा बजार ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको थियो। सोमबार २७.१६ अंकले घटेर बजार १८७१.२२ बिन्दुमा झरेको थियो। मंगलबार १६.०६ अंकले घटेर बजार १८५५.१६ बिन्दुमा झरेको थियो।

प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर यसअघि पनि चुनावकै कारण सेयर बजार बढ्ने गरेको भने देखिएको छैन। बजारका अन्य तत्वहरू नै प्रमुख रहेका छन्। 

अहिलेको अवस्‍थामा चुनावी माहोल र चाडबाडको समयमा सकारात्मक हुने अनुमान भइरहँदा त्यसअनुरुप बजार बढ्न भने सकेको छैन। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको समयमा पनि पुँजी बजार भने उतारचढावपूर्ण अवस्थामा नै छ। 


प्रकाशित : बुधबार, असोज २६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend