मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

एनआरएनसँग प्रधानमन्त्री देउवाले भने - तपाईंहरूले उठाएका विषय सम्बाेधन गरेका छौँ, अब नेपालमा लगानी गर्नुहाेस्

images
मंगलबार, असोज २५ २०७९
images
एनआरएनसँग  प्रधानमन्त्री देउवाले भने - तपाईंहरूले उठाएका विषय सम्बाेधन गरेका छौँ, अब नेपालमा लगानी गर्नुहाेस्

'एनआरएनले उठाएका माग सम्बाेधन भयाे, अब नेपालमा काम गर्ने तपाईंहरूकाे पालाे हाे'

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले गैह्रआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

images
images
images

गैह्रआवासीय नेपाली संघले आयाेजना गरेकाे वार्षिक साधारण सभामा बाेल्दै उनले नेपाललाई आर्थिक समृद्धिकाे बाटाेमा लैजान सबैजना लाग्नसमेत आग्रह गरेका छन्। 

images
images

'तपाईंहरूले उठाएका नागरिकताका विषय समाधानउन्मुख भएकाेले अब नेपालमा लगानी गर्नुहाेस्' प्रधानमन्त्री देउवाले भने। 

images
images

'एनआरएनले उठाएका माग सम्बाेधन भयाे, अब नेपालमा काम गर्ने तपाईंहरूकाे पालाे हाे', प्रधानमन्त्री देउवाले भने  । 

वैदेशिक राेजगारीमा गएका नेपालीलाई आईपीओमा काेटा, नेपालमा डलर खाता खाेल्ने सुविधासमेत दिएकाे बताउँदै अब एनआरएनले नेपालमा काम गर्ने बेला आएकाेसमेत प्रधानमन्त्री देउवाले बताए।


प्रकाशित : मंगलबार, असोज २५ २०७९०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend