मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

अवैधरूपमा गिट्टी र बालुवा निकाल्दा जोखिममा इन्द्रावतीका पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २४ २०७९
images
अवैधरूपमा गिट्टी र बालुवा निकाल्दा जोखिममा इन्द्रावतीका पुल

इन्द्रावती नदीमा रहेको एक दर्जन क्रसर उद्योगले स्काभेटर प्रयोग गरी निरन्तररूपमा गिट्टी, बालुवा निकाल्ने काम भइरहेको तर यसलाई रोक्न तथा पुलको संरक्षण गर्नका लागि अहिलेसम्म कसैले पनि ध्यान दिएका छैनन्।

images
images

सिन्धुपाल्चोक- हेलम्बु राजमार्गअन्तर्गत इन्द्रावती नदीमा रहेका पुल अवैधरूपमा गिट्टी र बालुवा निकाल्ने गरेकाले जोखिममा परेका छन्। सडक जोड्ने पक्की पुल तथा झोलुङ्गे पुल रहेको स्थानदेखि पाँच सय मिटरभित्रको दायाँबायाँका ठाउँमा गिट्टी र बालुवा झिक्न नपाउने कानूनी प्रावधान रहे पनि हालसम्म सम्बन्धित निकाय मौन रहेकाले एक दर्जन पुल जोखिममा परेको सिपाघाटका किशोर विद्याधरले बताए।

images
images
images

पुल रहेकै क्षेत्रमा गिट्टी र बालुवा निकाल्ने काम निरन्तररूपमा जारी रहेको बाँडेगाउँका निर्मफ माझीले जानकारी दिए। माझीका अनुसार इन्द्रावती नदीमा रहेको एक दर्जन क्रसर उद्योगले स्काभेटर प्रयोग गरी निरन्तररूपमा गिट्टी, बालुवा निकाल्ने काम भइरहेको तर यसलाई रोक्न तथा पुलको संरक्षण गर्नका लागि अहिलेसम्म कसैले पनि ध्यान नदिएको छैन। 

images
images

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ भने प्रावधानअनुसार गिट्टी, बालुवा झिक्ने कार्यलाई व्यवस्थित गरी राजस्व सङ्कलन गर्ने सोच भइरहेको बताउँछन्। प्रावधानअनुसार गिट्टी, बालुवा झिक्ने कार्यलाई व्यवस्थित गरेपछि पुलको पनि संरक्षण हुने समन्वय प्रमुख श्रेष्ठको भनाइ छ।

images
images

निरन्तररूपमा खोलाजन्य वस्तु निकाल्ने काम भइरहेको र त्यसलाई स्थानीय तहलेसमेत आम्दानीका रूपमा उपयोग गरिरहेको तर करोडौँ लगानीमा बनेको पुलको संरक्षण गर्ने विषयमा अहिलेसम्म कसैको पनि ध्यान जान नसकेको भिमटारका कृष्णबहादुर दनुवारले दुखेसो पोखे।

पुल संरक्षणका लागि सडक विभागले समेत ध्यान दिएको छैन। क्रसर उद्योगले स्काभेटर प्रयोग गरेर बालुवा झिक्न नपाउने भए पनि नियम उल्लङ्घन गरेर बालुवा झिकिरहेको दनुवार बताउँछन्। रासस 


प्रकाशित : सोमबार, असोज २४ २०७९०८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend