मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

काठमाडौंमा किन अहिल्यै चिसो बढ्यो?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २३ २०७९
images
काठमाडौंमा किन अहिल्यै चिसो बढ्यो?

मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ। अहिले मनसुन सकिने क्रममा छ। नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडो याम मानिन्छ।

images
images

काठमाडौं- देशको राजधानी काठमाडौंमा चिसोपना बढेको छ। मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौंलगायत कतिपय स्थानमा चिसो बढेको छ। 

images
images
images

त्यसो त, नेपालमा मनसुन जारी छ। यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव पर्‍यो। जसका कारण मनसुन झण्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

images
images

आखिर किन चाँडै चिसो बढ्यो त! महाशाखाका मौसमविद् हिरा भट्टराई भन्छन्, 'जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौंमा केही चिसो महशुस गरिएको छ। घाम खुलेर लागेपछि व्यालेन्समा आउँछ तापक्रम।'
 
उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ। दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ।
 
पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौंमा केही चिसो महशुस गरिएको मौसमविद् भट्टराईले बताए। उनले भने, 'बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडो याम सुरु भएको होइन। लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो।'

मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ। अहिले मनसुन सकिने क्रममा छ। नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडो याम मानिन्छ। 'जाडो सुरु भइसकेको अवस्था हैन, दुई तीन दिन ठूलो पानी पर्‍यो। पानी परेपछि तापक्रम तल झर्छ। सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ। आजदेखि घाम लाग्न थालेको छ। घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ।
 
काठमाडौंमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो। पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनता तापक्रम घटेकाले चिसो बढेको जनाइन्छ। विगत तीन दिनयता काठमाडौंका न्यूनतम १७ र अधिकतम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ। यद्यपि, आज विहानैदेखि काठमाडौंमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ। केही दिनयतादेखि काठमाडौंमा बिहान र बेलुका बढी चिसो महशुस गरिएको छ।

images
images

यी क्षेत्रमा वर्षा भइरहेको छ 
 
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ।

मौसमविद् भट्टराईका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। दाङमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर वर्षा भएको छ। बर्दियाको राजापुरलगायत क्षेत्रमा वर्षा भइरहेको छ। त्यहाँ १६ मिलिमिटर वर्षा मापन गरिएको छ। कर्णाली प्रदेशको अछाम, सुर्खेतलगायत स्थानमा वर्षा भइरहेको हो।
 
त्यस्तै अहिले गण्डकी प्रदेशका पूर्वी भेग र प्रदेश १ को विराटनगरमा सामान्य मौसम बदली रहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज २३ २०७९०९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend