मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

नारायणीले पुनः खतराको तह पार गर्यो, भरतपुर महानगरका १२ वडाहरु जोखिममा

images
शुक्रबार, असोज २१ २०७९
images
नारायणीले पुनः खतराको तह पार गर्यो, भरतपुर महानगरका १२ वडाहरु जोखिममा

यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ। यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ। 

images
images

काठमाडौं- नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ। देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ।

images
images
images

यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ। यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ। 

images
images

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।

images
images

भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गरे।  

भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरु बाढीको जोखिममा छन्। राप्ती र नारायणी दुवै नदिको तटीय क्षेत्र भरतपुर २७ र २८ नं वडामा बढी जोखिम छ।

वडा नं १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरुमा जोखिम रहेको छ। यस्तै वडा नं २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्तीहरु पनि जोखिममा छन्। 


प्रकाशित : शुक्रबार, असोज २१ २०७९०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend