मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्वबैंकको प्रक्षेपण

विदेशी मुद्राको सञ्चिति सहज हुने विश्वास

images
शुक्रबार, असोज २१ २०७९
images
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्वबैंकको प्रक्षेपण

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण विश्वबैंकले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा भने आर्थिक वृद्धि ४ दशमलव ९ प्रतिशत मात्र हुने अनुमान पनि विश्व बैंकको छ।

images
images

काठमाडौं-चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण विश्वबैंकले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा भने आर्थिक वृद्धि ४ दशमलव ९ प्रतिशत मात्र हुने अनुमान पनि विश्व बैंकको छ।

images
images
images

महामारीका कारण दिइएका सहयोग हटाइएको कारण मौद्रिक नीति पुरानै सामान्य अवस्थामा फर्केको तथा वस्तुको मूल्य वृद्धि उच्च रहेका कारण आर्थिक वृद्धि सामान्य रहने विश्वबैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा उल्लेख छ।

images
images

नेपाल सरकारले बजेटमार्फत आर्थिक वृद्धि ८ प्रतिशत गर्ने लक्ष्य राखेको छ। यसअघि एसियाली विकास बैंकले ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। पर्यटन क्षेत्रको पुनरुत्थानका कारण सेवा क्षेत्रको विस्तार राम्रो हुने तथा जलविद्युत उत्पादन बढेका कारण औद्योगिक क्षेत्रको वृद्धिदर बलियो हुने अपेक्षा विश्वबैंकको छ।

images
images

विदेशी मुद्राको सञ्चिति सहज हुने विश्वास

नेपालको विदेशी मुद्राको सञ्चितिको स्तर विस्तारै सहज हुँदै जाने विश्वास विश्व बैंकले गरेको छ। त्यस्तै सरकारी ऋणको स्तर स्थिर रहने अपेक्षा पनि उसको छ। 

त्यस्तै, यो वर्ष दक्षिण एसियाली देशहरूको औसत आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत हुने अनुमान पनि विश्व बैंकको छ।


प्रकाशित : शुक्रबार, असोज २१ २०७९०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend