सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

images
बिहीबार , असोज २० २०७९
images
नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र  देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो। नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ।

images
images

काठमाडौं-अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र  देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो। नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ।

images
images
images

नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो। एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ।

images
images

यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ। सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ।  

images
images

नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ। पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन्।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ। चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले  नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

रासस


प्रकाशित : बिहीबार , असोज २० २०७९०२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend