शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्र बैंक र अर्थ मन्त्रालयको नीतिले मर्ज होलान् निफ्रा र एचआईडीसीएल? यस्तो छ तयारी

images
आइतबार, असोज २३ २०७९
images
राष्ट्र बैंक र अर्थ मन्त्रालयको नीतिले मर्ज होलान् निफ्रा र एचआईडीसीएल? यस्तो छ तयारी
images
images

काठमाडौं- दुई उस्तै प्रकृतिका संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैंकको नीति सार्वजनिक गरेसँगै मर्जरका लागि विभिन्न कोणबाट बहसहरु भइरहेका छन्।

images
images
images

योसँगै पूर्वाधारमा लगानी गर्न स्थापित नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता विकास गराउन मर्ज वा प्राप्तिको नीति लिने उल्लेख गरिएको छ। राष्ट्र बैंकले सोही नीतिअनुसार चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहन गर्ने नीति लिने नीतिमा उल्लेख गरिएको छ।

images
images

अर्थमन्त्री जनार्दन शर्मालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) बीचको मर्जर बारे चासो देखाएका छन्।

images
images

मौद्रिक नीतिअनुसार अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच मर्जर गराउनेगरी अनौपचारिक छलफलहरु सुरु भएको छ।

मर्जरमा लैजान सकेमा नेपालमै ठूला पूर्वाधारमा लगानी गर्न सक्ने क्षमता भएको विकास विकास बैंक हुने अनुमान विज्ञहरुले गरेका छन्। लाइसेन्स फरकतर्फको भएपनि उद्देश्य पूर्वाधारमा लगानी रहेकोले पनि यी दुई कम्पनीहरु मर्जरमा जान सक्ने अनुमान गरिएको छ। एचआईडीसीएल ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो भने निफ्रा सबै पूर्वाधारमा लगानी गर्न स्थापित कम्पनी हो

दुवै कम्पनीलाई पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियमन गर्न थालेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निफ्रालाई इन्भेष्टमेन्ट वर्गमा राखिएको छ। निफ्रा २१ अर्ब ६० करोड पुँजी भएको बैंक हो। अहिले धेरै वाणिज्य बैंकहरुको पुँजी २० अर्बभन्दा बढी पुगेको छ। 

एचआईडीसीएलको पुँजी २३ अर्ब ४९ करोड रुपैयाँ छ। निफ्राभन्दा एचआईडीसीएल पुरानो कम्पनी हो। निफ्रामा सरकारी निकायसँग व्यवसायिक घरानाहरु पनि सञ्चालक छन् भने एचईइडीसीएलमा सरकारमात्र सञ्चालक रहेका छन्। 

दुवै कम्पनीले सर्वसाधारणलाई सेयर बेचेका छन्। दोस्रो बजारमा कम्पनीको सेयर मूल्य पनि उहि हाराहारी रहेको छ। लाभांश इतिहास भने निफ्राको भन्दा एचआईडीसीएलको राम्रो रहेको छ। एचआईडीसीएलको दोस्रो बजारमा सेयर मूल्य १७० रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ५७५ रुपैयाँसम्ममा कारोबार भएको थियो भने १६५ रुपैयाँमा न्युनतम कारोबार भएको थियो। कम्पनीको बजार पुँजीकरण ४८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। 

निफ्राको दोस्रो बजारमा १९२ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा ५१६ रुपैयाँसम्म कारोबार भएको छ। कम्पनीको न्युनतम १७९ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ५२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। दुई कम्पनी मर्ज हुँदा ४५ अर्ब भन्दा बढी चुक्ता पुँजी हुनेछ। 


प्रकाशित : आइतबार, असोज २३ २०७९०१:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend