शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

युरोपका सांसदहरूले भने झैँ ईयूभर एउटै खालको चार्जिङ केबल प्रयोग सम्भव होला?

शनिबार, असोज २२ २०७९
युरोपका सांसदहरूले भने झैँ ईयूभर एउटै खालको चार्जिङ केबल प्रयोग सम्भव होला?

नयाँ कानून अनुसार सन् २०२४ देखि एप्पल आइफोन र आईप्याडसमेतका सबै खालका स्मार्टफोन र ट्याब्लेटहरुमा यूएसबी–सी चार्जर चलाउनु पर्नेछ।

ब्रसेल्स- युरोपका सांसदहरुले सबै खालको पोर्टेबल उपकरणहरुमा एउटै खालको चार्जिङ केबल प्रयोगलाई अनिवार्य बनाउने कानून पारित गरेका छन्। नयाँ कानून अनुसार सन् २०२४ देखि एप्पल आइफोन र आईप्याडसमेतका सबै खालका स्मार्टफोन र ट्याब्लेटहरुमा यूएसबी–सी चार्जर चलाउनु पर्नेछ।

ल्यापटप उत्पादकहरुले एउटै खालको चार्जर प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउन सन् २०२६ सम्मको समय पाउने भएका छन्। यो कानूनको पक्षमा ६०२ मत खसेको थियो भने १३ ओटा विपक्षमा खसेको थियो। ८ जना सांसद मतदानमा अनुपस्थित थिए । सदस्य देशहरुले यस प्रस्तावलाई अक्टोबर २४ सम्ममा अनुमाति दिने अपेक्षा गरिएको छ।

सन् २०२१ को सेप्टेम्बरमै ईयू सदस्य देशहरुले युरोपेली आयोगले प्रस्ताव गरेको नयाँ कानून अन्तर्गत फोन र साना इलेक्ट्रोनिक उपकरणहरु सबैमा मिल्ने एउटै खालको चार्जर बनाउन उपकरण निर्माताहरुलाई बाध्य बनाउने कानून पारित गर्ने सहमति गरेका थिए। उपभोक्ताहरुलाई नयाँ उपकरण किन्दा समेत पुरानै चार्जर प्रयोग गर्न प्रेरित गर्नका लागि सो कानून ल्याइएको हो।

नयाँ नियमको ईयूको प्रतिस्पर्धाका लागि आयुक्त मार्गरेथ भेष्टागरले स्वागत गरेकी छिन्  एकै जनाले विविध उपकरणका लागि अनेकौ चार्जर राख्खनु पर्दा फोहोर अनि असुविधा हुने अवस्था अब टर्ने उनको भनाइ छ। यो प्रस्तावमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले भने विरोध गरेको छ।

यो नियम सन् २०२१ को सेप्टेम्बरमा पहिलो पटक सार्वजनिक हुँदा एउटै खालको कनेक्टर प्रयोगलाई अनिवार्य पार्ने कठोर नियमनले नवप्रवर्तनलाई प्रेरित गर्ने भन्दा पनि घाँटी न्याक्ने अनि यसले युरोप र विश्वभरका उपभोक्ताहरुलाई क्षति पुर्‍याउने एप्पलले बताएको थियो। एप्पलले कष्ष्टम चार्जिङ पोर्ट प्रयोग हुने स्मार्टफोन बनाउँछ।

आइफोन सिरिजमा एप्पल निर्मित लाइटिङ कनेक्टर छ। नयाँ नियम मोबाइल फोन, ट्याबलेट, ई–रिडर्स, माउस र किबोर्ड, जीपीएस उपकरण, हेडफोन, हेडसेट् र इयरफोन, डिजिटल क्यामरा, हातमा राखेर चलाउन मिल्ने  भिडियोगेम कन्सोल र पोर्टेबल स्पिकरसम्म सानादेखि मझौला आकारमा पोर्टेबल विद्युतीय उपकरणमा लागू हुने छ।


प्रकाशित : शनिबार, असोज २२ २०७९०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend