सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

राँगो मार हान्न ३ लाख १५ हजारको बोलकबोल 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १८ २०७९
images
राँगो मार हान्न ३ लाख १५ हजारको बोलकबोल 

बढीबढाउमा सहभागी  सचिन केसीले सबैले भन्दा धेरै ३ लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने भएका हुन्। 

images
images

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न ३ लाख१५ हजार रुपैयाँको बोलकबोल भएको छ। 

images
images
images

सोमबार भएको कालरात्रिमा खुला बढीबढाउमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। बढीबढाउमा सहभागी  सचिन केसीले सबैले भन्दा धेरै ३ लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने भएका हुन्। 

images
images

उनले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका छन्। यसअघि २०७८ सालको दसैँको नवमीमा भगवतीमा तीन लाख रुपैयाँमा सरकारी मारको बढीबढाऊ भएको थियो। नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षी धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए। 

images
images

भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ। यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ।

हरेक वर्ष सरकारी मार हान्न आकाङ्क्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए। 'यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो', उनले भने। तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ।

नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ। यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि रु ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ। रासस


प्रकाशित : मंगलबार, असोज १८ २०७९०७:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend