सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

ज्याला नपाउँदा मजदूरले दसैँ मनाउन पाएनन्

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १८ २०७९
images
ज्याला नपाउँदा मजदूरले दसैँ मनाउन पाएनन्
फाइल तस्बिर

लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन्।

images
images

कैलाली- बडादसैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ। यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदूर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दसैँ कसरी मनाउने भन्ने चिन्तामा छन्। 

images
images
images

चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे। खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदूरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदूरले बताएका छन्। 

images
images

उनले भने, 'निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौँ, तर निर्माण कम्पनीका प्रमुखले मजदूरको फोन उठाउनै छोड्दा ज्याला रकम डुब्ने चिन्तामा छौँ।' 'मजदूरले दैनिक काम गरेबापत पाउनुपर्ने रु दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी छ', अर्का मजदूर रकिल घर्तीमगरले भने, 'मजदूर खोजेर निर्माणको काममा लगाइदिने आफूसहितका चार जनाको झण्डै १६ लाख निर्माण कम्पनीले भुक्तानी दिएको छैन।'
   
लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन्। यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदूर सिमलातर्फ गएको बताइएको छ। ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उहाँहरुको गुनासो छ। 

images
images

मजदूरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आउन चाहेनन्। खुटिया–दीपायल फास्ट ट्रयाकको निर्माणको काम सङ्घीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ। रासस 


प्रकाशित : मंगलबार, असोज १८ २०७९०७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend