शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

कुमारी र एनसीसीको मर्जर सम्झौतालाई राष्ट्र बैंककाे सैद्धान्तिक अनुमति, कुन बैंकका लगानीकर्तालाई के फाइदा? यस्तो छ वित्तीय सूचक

images
शनिबार, असोज १५ २०७९
images
कुमारी र एनसीसीको मर्जर सम्झौतालाई राष्ट्र बैंककाे सैद्धान्तिक अनुमति, कुन बैंकका लगानीकर्तालाई के फाइदा? यस्तो छ वित्तीय सूचक

कुमारी र एनसीसी बैंकबीच गत असोज १० गते सोमबार बराबरी हैसियतमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको थियो। पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुवै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो। 

images
images

काठमाडौं- कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ।

images
images
images

कुमारी र एनसीसी बैंकबीच गत असोज १० गते सोमबार बराबरी हैसियतमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको थियो। पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुवै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो। 

images
images

दुई बैंकबीच १ः१ को स्वाप रेसियोमा जानेगरी सम्झौता भएको हो। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रुपम पाएको हो। 

images
images
ncc kumari.jpg

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरूलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।

कुमारी र एनसीसीमा कुन अब्बल ?

कुमारी बैंक 

कुमारी बैंक लिमिटेडले गतवर्ष बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३।८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी  १९.२७ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.१ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २१.२१ प्रतिशत र कर्जा ११.२२ प्रतिशत बढेको छ।

एनसीसी बैंक 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकले गतवर्ष नाफा बढाएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी  १८.१५ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७.७९ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ।


प्रकाशित : शनिबार, असोज १५ २०७९११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend