शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images
ब्याजदर वृद्धिको प्रभाव

सहज बन्दै तरलता, १४६ अर्ब थप कर्जा दिनसक्ने सुविधामा बैंकहरू

images
मंगलबार, असोज ११ २०७९
images
सहज बन्दै तरलता, १४६ अर्ब थप कर्जा दिनसक्ने सुविधामा बैंकहरू
images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भयको सरकारी सुरक्षणपत्र धितो राखेर नेपाल राष्ट्र बैंकबाट लिने कर्जा-रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) को बक्यौता ७ असोज २०७९ मा १०८.७१ अर्ब रुपैयाँमा झरेको छ। बक्यौता २०७८ माघ १० यताकै सबैभन्दा न्यूनतम हो।

images
images
images

असोज १ देखि ब्याजदर वृद्धिको प्रभावले तरलता संकट सहज हुँदै जाने संकेत देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चालु आवको  २०७९ असोज ५ गतेसम्म ५३ अर्बले घटे पनि पछिल्लो १५ दिनको अवधिमा ७५ अर्बले निक्षेप बढेको छ। सो अवधिमा कर्जा १२ अर्बले बढेको छ भने चालु आवको ५ आश्विन २०७९ सम्म कर्जा ९ अर्बले बढेको छ।

images
images

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा/निक्षेप अनुपात ५ आश्विनमा ८७.३ प्रतिशत रहेको छ। यो अनुपात चालु आवमा सबैभन्दा न्यूनतम हो। यो अनुपातको आधारमा बैंक तथा वित्तीय संस्थाहरूले १४६ अर्ब थप कर्जा दिन सक्छन्।

images
images

चालू आवमा कर्जा ९ अर्बले मात्र बढेको परिप्रेक्ष्यमा बैंकहरूको कर्जा दिन सक्ने क्षमताको अवस्था सुविधाजनक देखिन्छ। 

 


प्रकाशित : मंगलबार, असोज ११ २०७९०३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend