शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मर्जरमा जाने कम्पनीको सेयर कारोबार अब १५ दिन मात्रै रोकिने, लाखौँ लगानीकर्तालाई राहत

images
मंगलबार, असोज ११ २०७९
images
मर्जरमा जाने कम्पनीको सेयर कारोबार अब १५ दिन मात्रै रोकिने, लाखौँ लगानीकर्तालाई राहत
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ। 

images
images
images

बोर्डले निर्देशिका दसैँअघि ल्याउने जनाए पनि केही कार्य बाँकी रहेकोले प्रक्रिया लम्बिएको बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए। विगतमा मर्जरको नाममा वर्षौंसम्म पनि कारोबार रोक्ने परम्पराले लगानीकर्ता मारमा परेकोले अब १५ दिनको मात्रै व्यवस्था गर्न लागेको उनले बताए।

images
images

बोर्डले नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, नेपाल स्टक एक्सचेन्ज, अर्थमन्त्रालय देखि लगानीकर्ताहरूसँग समेत सुझाव मागेर निर्देशिका अन्तिम तयारीमा पुर्‍याएको छ। ‘कुनै पनि देशमा वर्षौंसम्म कारोबार रोक्का गर्ने परम्परा छैन, एक दिन मात्रै रोकिन्छ,’ अध्यक्ष हमालले भने। नेपालमा अहिले नै संरचना बलियो नभएकोले १५ दिन रोक्नेगरी निर्देशिका तयार पार्न लागेको हमालले बताए। 

images
images

बोर्डले विद्युत् नियमन आयोग, बीमा समिति लगायत नियामक निकायसँग पनि सुझाव मागेको छ। धितोपत्र बोर्डले गएको साउन २६ गते संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका–२०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको गरेको थियो। बोर्डले निर्देशन जारी भएपछि मर्जर तथा एक्विजेशनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का हुने छैन।

हाल मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार एकीकृत कारोबार नभएसम्म रोक्का हुने गरेको छ। अहिले पनि दुई दर्जनभन्दा बढी कम्पनीको कारोबार रोक्का रहेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजेसनको हकमा सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियमअनुसार हुने व्यवस्था गरेको छ। 

अहिले पनि प्रारम्भिक सम्झौता गरेका आधा दर्जन बैंकको कारोबार रोक्का भइरहेको छ। भने आधा दर्जन बिमा कम्पनीको पनि कारोबार रोक्का भएको छ। सोमबार मात्रै मर्जर सम्झौता गरेका कुमारी र एनसीसीको पनि कारोबार रोक्का हुनेछ। 

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबाट पाठ

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक दुवैले एकवर्ष अगाडि गत वर्षको बैशाखमा मर्जरमा जाने सम्झौता गरेका थिए। एकवर्ष दुवै बैंकका लगानीकर्ताले कारोबार गर्न पाएनन्। 

मर्जर सम्झौता सँगै बैशाख देखि दुई बैंकको २८ करोड कित्ता कारोबार रोकिएको थियो। जसका लाखौँ लगानीकर्ताले एकवर्षदेखि कारोबार गर्न पाएनन्। तर एक वर्षपछि मर्जरमा जाने सम्झौता भाँडियो। एक वर्षखि संयुक्त कारोबार कुरेर बसेका लगानीकर्ता मर्जर भाँडिएसँगै आक्रोशित भएका थिए। मर्जको लागि भनेर रोक्का भएर बस्दा सेयर कारोबार गर्न नपाएका लगानीकर्तालाई नेपालमा क्षतिपूर्तिको कानून नै छैन। 

नेपालमा मर्जको हल्ला चलाएर सेयर बजारमा सोझा लगानीकर्ता डुबाउने खेल हुने भन्दै नेपाल धितोपत्र बोर्डले दुई बैंकको मर्जको प्रारम्भिक सम्झौता हुनेवित्तिकै सेयर कारोबार रोक्ने नियम बनाएको थियो। बाह्य अभ्यासलाई हेर्ने हो भने खासगरी मर्जरमा अन्तिम सम्झौता भएपछि एक दिन मात्रै सेयर कारोबार रोक्ने नियम छ। 


प्रकाशित : मंगलबार, असोज ११ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend