शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एक दिनको वृद्धिपछि सेयर बजार फेरि ओरालोतिरै, ६५ करोड रुपैयाँको मात्र कारोबार

images
बिहीबार , असोज ६ २०७९
images
एक दिनको वृद्धिपछि सेयर बजार फेरि ओरालोतिरै, ६५ करोड रुपैयाँको मात्र कारोबार
images
images

काठमाडौं- लगातार ओरालो लागेर एक दिन वृद्धि देखिएको सेयर बजारमा पुन: गिरावट देखिएको छ। बुधबार ११.२२ अंकले बढेको बजार बिहीबार पुन: घटेको हो। तीन महिनाअघिको न्यून बिन्दु १८४८ बाट बजार तल लागिरहेको छ।  

images
images
images

बिहीबार ९.८३ अंकले घटेर बजार १८३८.९६ बिन्दुमा झरेको छ। जसमा ६५ करोड ५७ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। 

images
images

तीन महिनायताकै न्यून बिन्दुमा पुगेको सेयर बजारमा बुधबारको कारोबार केही थामिएको थियो। लगातार घट्दो ट्रेन्डमा रहेको बजारले सुधारको बाटो समात्न भने अझै पनि समय लाग्ने विश्लेषकहरूको भनाइ छ। चाडबाड नजिकिएसँगै सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बजारले उकालो यात्रा तय गर्न कठीन भइरहेको छ। 

images
images

यो साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेर बजार १८३७.६० बिन्दुमा झरेको थियो। बुधबार ११.२२ अंकले बढेर बजार १८४८.८२ बिन्दुमा पुगेको थियो।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। अहिले त्यसभन्दा तल झरेको बजारको उतारचढावपूर्ण अवस्थाले सुधारको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 


प्रकाशित : बिहीबार , असोज ६ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend