सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सीजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा एलजी टीभीको एसेम्ब्ली प्लान्ट सुरु

images
बिहीबार , असोज ६ २०७९
images
सीजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा एलजी टीभीको एसेम्ब्ली प्लान्ट सुरु
images
images

काठमाडौं- सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप)ले नेपालमा एलजी टीभीको एसेम्ब्ली प्लान्ट सुरु  गरेको छ। एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका एमडी सुङ्घो चुनले नेपाल भ्रमण गरी चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौंको सतुङ्गलमा एलजीको टीभी एसेम्बली प्लान्टको उद्घाटन गरेका हुन्।

images
images
images

एलजी इलेक्ट्रोनिक्सका प्राविधिक विज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ् टोलीलाई निरन्तर रूपमा सुपरिवेक्षण र सहयोग गर्दै आएको छ जसले गर्दा नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर मापदण्डअनुसार मिल्ने समेत कम्पनीको दाबी छ।

images
images

चुनले विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि पहिले नै प्रसिद्ध भएको एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको बताए।

images
images

'चौधरी समूहसँगको हाम्रो विगतको अनुभवले हामीलाई सेवा विस्तार गर्न यो सहकार्य गर्न प्रोत्साहित गरेको छ जसले गर्दा हाम्रा सेवाहरु अझ धेरै नेपालीहरु माझ पुग्ने छ। नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनहरूलाई यस बजारका लागि थप किफायती बनाउनका लागि थप बाटोहरू खोल्ने छ, भविष्यमा, हामी नेपालमा नेपाली ग्राहकहरुलाई अझ धेरै अवसरहरु प्रदान गर्नेछौँ,' उनले भने।

एलजी र चौधरी ग्रुप बीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप वैदेसिक लगानी ल्याउन निश्चित रूपमा मद्दत कम्पनीको दाबी छ। यसले नेपालमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ साथै नेपाली ग्राहकहरूले गुणस्तरीय सेवा सहितका महंगा घरेलु उपकरणहरू सुपथ मुल्यमा प्राप्त हुने चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए। एलजीका देशभर ८ वटा सोरुम रहेका छन्।


प्रकाशित : बिहीबार , असोज ६ २०७९०४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend