सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

मौद्रिक कडाइ र आयात नियन्त्रणले आर्थिक वृद्धिदर खुम्चिने एडीबीको प्रक्षेपण 

images
बुधबार, असोज ५ २०७९
images
मौद्रिक कडाइ र आयात नियन्त्रणले आर्थिक वृद्धिदर खुम्चिने एडीबीको प्रक्षेपण 

बैंकले यो वर्ष ४.७ प्रतिशतको आर्थिक वृद्धिदर हुनसक्ने प्रक्षेपण गरेको छ। यसअघि बैंकले यो वर्ष ५ प्रतिशतको वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ। गएको आर्थिक वर्षको तुलनामा न्यून वृद्धिदर कायम हुनसक्ने बैंकको प्रक्षेपण छ। 

images
images
images

बैंकले यो वर्ष ४.७ प्रतिशतको आर्थिक वृद्धिदर हुनसक्ने प्रक्षेपण गरेको छ। यसअघि बैंकले यो वर्ष ५ प्रतिशतको वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो। 

images
images

कोरोना महामारीबाट पुनरुत्थानको क्रममा रहेको अर्थतन्त्रमा बाह्य प्रभाव देखिएको र सोही प्रभाव नियन्त्रण गर्न खोज्दा आर्थिक विस्तार खुम्चिने बैंकको प्रक्षेपण छ। गत वर्ष आएको विस्तारकारी मौद्रिक नीति तथा अन्य वित्तीय नीतिका कारणले बजारमा एकै पटक चलायमानता आएको र अन्त्यतिर चालु खाता घाटाको विस्तार, विदेशी मुद्राको सञ्चितिमा गिरावट र मूल्यवृद्धिको दबाब एकसाथ देखिएका थिए। 

images
images

अर्थतन्त्रमा देखिएका ती दबाबले चालु वर्षमा प्रभाव पार्ने बैंकको विश्लेषण छ। बाह्य क्षेत्रको सन्तुलनका लागि भन्दै सरकारले आयातमा लगाएको प्रतिबन्ध, मूल्यवृद्धि तथा भुक्तानी सन्तुलनका लागि राष्ट्र बैंकले बढाएको ब्याजदर लगायतका कारणले गर्दा आर्थिक गतिविधिमा उल्लेखनीय विस्तार  नदेखिएको बैंकले प्रक्षेपण गरेको छ। 

अहिलेका समस्याकै बीच अर्थतन्त्र ४.७ प्रतिशतले बढ्ने आधारमा बैंकले मनसुनमा स्वभाविक भएकाले धानको उत्पादन बढ्ने, मलको अभाव तथा बाढी पहिरोकै बीचमा धेरै प्रभावित नहुने, उद्योगमा बिजुलीको उपयोग बढ्न सक्ने भनेर उल्लेख गरिएको छ। 

 


प्रकाशित : बुधबार, असोज ५ २०७९०८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend