सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

महानगरले भन्यो - अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्नू

images
बुधबार, असोज ५ २०७९
images
महानगरले भन्यो - अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्नू

अवैध संरचना हटाउने र अनुमति लिएभन्दा फरक ढंगले संरचनाहरूको प्रयोग गर्नेमाथि कारबाही सुरु गरेको महानगरले अब अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाउन लागेको हो। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमतिबिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ।

images
images
images

‘असोज ५ गतेबाट अनुमति बिना वाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले सूचनामार्फत भनेको छ। नियम उल्लङ्‍घन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ।

images
images

प्रमुख बालेन शाहको नेतृत्वमा अवैध संरचना हटाउने र अनुमति लिएभन्दा फरक ढंगले संरचनाहरूको प्रयोग गर्नेमाथि कारबाही सुरु गरेको महानगरले अब अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाउन लागेको हो। 

images
images


प्रकाशित : बुधबार, असोज ५ २०७९०४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend