शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

गोल्डस्टार जुत्ता खरिदमा आईएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३ २०७९
images
गोल्डस्टार जुत्ता खरिदमा आईएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक 

आईएमई पे र गोल्डस्टारको निर्माता किरण शुजबीच चाडपर्वको अफरमा साझेदारीको सम्झौता भएसँगै यस्तो अफर उपभोक्ताले पाउने भएका छन्। 

images
images

काठमाडौं- गोल्डस्टार जुत्ता खरिद गर्दा आईएमई पे डिजिटल वालेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाइने भएको छ। 

images
images
images

यो अफरका लागि ग्राहकले गोल्डस्टारको आधिकारिक वेबसाइटबाट जुत्ता खरिद गर्नुपर्ने छ।  त्यसरी वेबसाइटबाट जुत्ता खरिद गर्दा भुक्तानी भएको रकमको २० प्रतिशत वालेटमा जम्मा हुने छ। 

images
images

आईएमई पे र गोल्डस्टारको निर्माता किरण शुजबीच चाडपर्वको अफरमा साझेदारीको सम्झौता भएसँगै यस्तो अफर उपभोक्ताले पाउने भएका छन्। 

images
images

सम्झौता अनुसार आईएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ। यसमा गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोर जुत्ता दिने छ। 

आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ बिजेताले रिडिमेबल भउचर कोड पाउनेछन्। सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा निःशुल्क जुत्ता पाउनेछन्। 

 


प्रकाशित : सोमबार, असोज ३ २०७९१२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend