शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

७ निर्माण कम्पनी कालोसूचीमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
७ निर्माण कम्पनी कालोसूचीमा

समयमा काम नगरेको र आपूर्ति नगर्ने कम्पनीलाई सम्बन्धित कार्यालयको सिफारिसमा कार्यालयले कालोसूचीमा राख्दै आएको छ। 

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको छ। समयमा काम नगरेको र आपूर्ति नगर्ने कम्पनीलाई सम्बन्धित कार्यालयको सिफारिसमा कार्यालयले कालोसूचीमा राख्दै आएको छ। 

कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी प्रतिस्पर्धामा सहभागि हुन पाउँदैनन्। 

मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना गारि गर्दै विपिन भेटर सेन्टर, लिन्डरिङ निर्माण सेवा, कक्षपति निर्माण सेवा, एमएस इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पोरेसन, रचना ट्रेड इन्टरनेसनल, धादिङ निलकण्ठ निर्माण सेवा एन्ड सप्लायर्स र एडभेन्चर/दी आनन्द जेभीलाई कालोसूचीमा राखेको हो।

एमएस इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पोरेसन भारतीय कम्पनी हो। यो निर्माण कम्पनीलाई सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले कालोसूचीमा राख्न सिफारिस गरेको हो।


प्रकाशित : मंगलबार, असोज १९ २०७८०५:२६
  • सम्बन्धित विषय:

  • # कालाेसूची
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend