सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

कञ्चनपुरमा बाढीले झोलुंगे पुल बगायो

images
शनिबार, असोज १ २०७९
images
कञ्चनपुरमा बाढीले झोलुंगे पुल बगायो

तीन वर्षअघि उक्त नदीमा झोलुंगे पुल निर्माण गरिएको हो। बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ।

images
images

महेन्द्रनगर- कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुंगे पुल बगाएको छ। बाढीले शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीको झोलुंगे पुल बगाएको हो। सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो। 

images
images
images

तीन वर्षअघि उक्त नदीमा झोलुंगे पुल निर्माण गरिएको हो। बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ। नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिए। बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ। 

images
images

बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍याएको छ। शुक्लाफाँटा-१२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ। नदी किनारका वस्ती डुबानमा परेका छन्। बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन्। रासस

images
images


प्रकाशित : शनिबार, असोज १ २०७९१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend