सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

अछाममा पहिरोमा परेर ९ जनाको मृत्यु, ७ बेपत्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १ २०७९
images
अछाममा पहिरोमा परेर ९ जनाको मृत्यु, ७ बेपत्ता

अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि  उद्धारमा खटिएको छ। बर्सातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ।

images
images

अछाम- अछामको विभिन्न भागमा पहिरो जाँदा नौजनाको मृत्यु र सात जना बेपत्ता भएका छन्। लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ।

images
images
images

जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा  दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। बर्सातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ।

images
images

त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर  घर पुरिँदा सात जनाको मृत्यु भएको छ। वडानं स्थित ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारिएको छ। पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ।

images
images

त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन्। अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि  उद्धारमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए।

यस्तै गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन्। उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन्। रासस


प्रकाशित : शनिबार, असोज १ २०७९०६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend