सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ३१ २०७९
images
चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले मन्त्रालयको क्षमताअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिए।

images
images

काठमाडौं- राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ।

images
images
images

‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ सजग हुन सरकारलाई आग्रह गरेको छ।

images
images

समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले  बैठकमा अन्तरमन्त्रालय र तीन तहका सरकारको समन्वयमा बजार अनुगमन गरी अहिले भइरहेको मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको बताइन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई समितिमा बोलाएर खाद्यान्न वस्तुमा अखाद्य पदार्थ मिसाउन र कालोबाजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिइन्।

images
images

उनले एकीकृत अनुगमन टोली बनाई बजार अनुगमन गर्नुपर्नेसमेत बताइन्। 'चाडपर्वको समयमा सर्वसाधारणलाई झुक्काउन अखाद्य वस्तु मिसावट र धेरै मूल्यमा वस्तु बिक्री गर्ने गरेका हुन्छन', उनले भनिन्, 'अनुगमन गरी बजारलाई नियन्त्रण गर्नुपर्दछ।'

समितिका सदस्य खिमलाल भट्टराईले खाद्य वस्तुमा कृतिम अभाव खडा गर्ने भएकाले सचेत हुनुपर्ने बताए। उनले चिनी, खसी, बोका, भेडा, च्याङ्ग्राको सहज उपलब्धता हुनुपर्ने भन्दै होटेल रेन्टुराँको पनि नियमित अनुगमन गर्नुपर्ने खाँचो औँल्याए।

समिति सदस्य इन्दिरा गौतमले अखाद्य बस्तु बेच्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताइन्। उनले स्वदेशी केरा र स्याउलाई प्राथमिकतामा राख्नुपर्ने भनाइ राखिन्। अर्का सदस्य जयन्ती राईले बजारमा अखाद्य वस्तु बेच्ने गरेको पाइएको जनाउँदै अनुगमन हुन नसकेको गुनासो गरिन्। 'व्यापारीले मनपरि वस्तुको मूल्य लिएका छन् । सरकारले अनुगमन गर्न सकेको छैन', उनले भनिन्, 'अहिले दैनिक र अरु बेला साप्ताहिकरुपमा अनुगमन गर्नुपर्दछ ।'

समितिका अर्का सदस्य रामचन्द्र रायले सरकारले ल्याएको नीति, नियम कार्यान्वयन नगरेको हुनाले बजारमा विचौलिया बढेको बताए। उनले सुपथ मूल्यका पसल सञ्चालन गर्नुभन्द मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने भनाइ राखे।  

समिति सदस्य इन्दु कँडेलले बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी बढेको बताइन्। उनले सुपथ मूल्यका पसलमा धनी वर्गको मात्र पहुँच बढेको जनाउँदै नेपाल भारत सीमा क्षेत्रमा अखाद्य वस्तु बढी मिसावट हुने गरेको बताए। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले मन्त्रालयको क्षमताअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिए। उनले वैशाखयता एक हजार चार सय व्यापारी फर्ममा अनुगमन गर्दा ८३ लाख ११ हजार राजस्व सङ्कलन गरिएको बताए।

उपभोक्त संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले अगामी असोज २ गतेबाट १० संयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्ने जानकारी दिए। उनले अखाद्य वस्तुको मिसावट र कालोबजारीबारे सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। उहाँका अनुसार यही भदौ ३० गते पाँच सय ५६ व्यापारी फर्ममा अनुगमन गर्दा एक सय सात व्यापारी फर्मबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान बरामद गरी २१ लाख जरिवाना गरिएको थियो।

नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले नापतौलका सामग्रीको नियमित अनुगमन गरिरहेको जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend