सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

तातोपानी सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनललाई

images
शुक्रबार, भदौ ३१ २०७९
images
तातोपानी सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनललाई

बन्दरगाह सञ्चालनका लागि शुक्रबार नेपाल इन्टर मोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल कम्पनीबीच सम्झौता भएको हो।

images
images

काठमाडौं- सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चचालनको जिम्मा ट्रान्स सिल्क टर्मिनललाई दिइएको छ। बन्दरगाह सञ्चालनका लागि शुक्रबार नेपाल इन्टर मोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल कम्पनीबीच सम्झौता भएको हो।

images
images
images

बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपैयाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको हो।

images
images

बोलकबुलमा सहभागी तीन कम्पनीमध्ये ट्रान्स सिल्क टर्मिनलको प्रस्ताव स्वीकृत भएको विकास समितिले जनाएको छ। निजी कम्पनीले बन्दरगाह सञ्चालनको काम १० असोजदेखि काम सुरु गर्नेछ।

images
images


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend