सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

बढ्न सकेन जगदम्बा मोटर्सको कारोबार 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ३१ २०७९
images
बढ्न सकेन जगदम्बा मोटर्सको कारोबार 

२०७७/७८ मा टीभीएसका दुईपांग्रेको कारोबारमा उछाल आएपछि एकैपटक दोबर कारोबार बढेपनि गएको वर्ष भने उल्लेखनीय वृद्धि हुन सकेको छैन। 

images
images

काठमाडौं- टीभीएसका दुईपांग्रे सवारी साधानको आधिकारिक बिक्रेता समेत रहेको जगदम्बा मोटर्सको कारोबार लगातार दोस्रो वर्ष स्थिर रहेको छ। 

images
images
images

आर्थिक वर्ष २०७८/७९ मा यो कम्पनीले अघिल्लो वर्षकै जति कारोबार गरेको छ। ऋणका लागि कम्पनीले गएको रेटिङ अनुसार कारोबार रकम २०७७/७८ कै जति कायम रहेको छ। 

images
images

कम्पनीले २०७८/७९ मा १३ अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको छ। यो कम्पनीले टीभीएस बाहेक प्रोटोनका चार पांग्रे साधन र टीभीएसकै तीन पांग्रे सवारीसाधन तथा लुब्रिकेन्ट्सको कारोबार गर्दै आएको छ। यद्यपि यसमा सबैभन्दा धेरै टीभीएसका दुईपांग्रे सवारीबाट धेरै आम्दानी हुने गरेको छ। 

images
images

२०७७/७८ मा टीभीएसका दुईपांग्रेको कारोबारमा उछाल आएपछि एकैपटक दोबर कारोबार बढेपनि गएको वर्ष भने उल्लेखनीय वृद्धि हुन सकेको छैन। 

कम्पनीको आम्दानीमा खासै वृद्धि नभएपनि मार्जिन भने बढाएको छ। कूल आम्दानीको १५.७६ प्रतिशत सञ्चालन मुनाफा हुने प्रक्षेपन गरेको छ। जुन अघिल्लो वर्ष १४.६८ प्रतिशत मात्र थियो। 

 


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend