शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सुखद रहेन शुक्रबारको अन्तिम सेयर कारोबार पनि, कुन शुक्रबार कस्तो?

images
शुक्रबार, भदौ ३१ २०७९
images
सुखद रहेन शुक्रबारको अन्तिम सेयर कारोबार पनि, कुन शुक्रबार कस्तो?
images
images

काठमाडौं- लगातारको उतारचढावपछि ठूलो अंकको गिरावट देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। यसअघिका शुक्रबारे कारोबारमा जस्तै सेयर कारोबारको अन्तिम शुक्रबार बजारले लगानीकर्ताको साथ पाएन।

images
images
images

शुक्रबार १४.१० अंकले घटेर बजार १९१०.३८ बिन्दुमा झरेको छ। जहाँ ९० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। ३० कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

images
images

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिकाे बैठकले अगामी असोजदेखि शुक्रबारकाे काराेबार बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले जेठदेखि लागुहुने गरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सेयर कारोबार सुरु भएको थियो। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालिएको थियो। 

images
images

शुक्रबारको सेयर बजारमा लगानीकर्ताको खास चासो देखिएको थिएन। जसका कारण शुक्रबार कारोबार बन्द हुनुपर्ने आवाज उठिरहेको थियो। त्यहीअनुसार असोजदेखि शुक्रबार कारोबार नहुने निर्णय आएको हो। 

कुन शुक्रबार बजार कस्तो?

सेयर बजारमा अहिलेसम्म शुक्रबार भएको १५ कारोबारमा तीन दिनमात्र बजार बढेको छ। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद हुन सकिरहेको देखिँदैन। 

जेठ ६ गते शुक्रबारको पहिलो कारोबारमा सेयर बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। जहाँ ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो। 

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब २९ करोड रुपैयाँको कारोबारमात्र भएको थियो।

जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। जसमा १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। 

जेठ २७ शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको थियो। जसमा ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। असार ३ गते शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको थियो। जहाँ ७३ करोड ६३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

असार १० गते शुक्रबार भने १३.७८ अंकले बढेर बजार १८६२.०६ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो। 

असार १७ गते शुक्रबार ८.८७ अंकले घटेर सेयर बजार २०२८.७७ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो। 

असार २४ गते शुक्रबार ३४.७१ अंकले घटेर बजार १९९२.६१ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।

असार ३१ गते शुक्रबार ७.९३ अंकले बढेर बजार २००९.४६ बिन्दुमा पुगेको थियो। त्यसदिन १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको थियो।

साउन ६ गते शुक्रबार २७.२६ अंकले घटेर बजार २०१७.४६ बिन्दुमा झरेको थियो। जहाँ १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो।

साउन १३ गते शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको थियो। जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो।

साउन २० गते शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको थियो। जहाँ २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भयो।

भदौ १० गते शुक्रबार शुक्रबार १६.९३ अंकले घटेर बजार २०२२.६२ बिन्‍दुमा झरेको थियो। जहाँ १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो।

भदौ १७ गते शुक्रबार १.६७ अंकले घटेर बजार १९७०.६२ बिन्दुमा झरेको थियो। त्यसदिन ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।

भदौ ३१ गते शुक्रबार १४.१० अंकले घटेर बजार १९१०.३८ बिन्दुमा झरेको छ। जहाँ ९० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ।


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend