सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

अर्थतन्त्रमा बाह्य क्षेत्रको असन्तुलन कायमै, साउनमै घट्यो १२ करोड डलर सञ्चिति

मूल्यवृद्धि ८.२६ प्रतिशत पुग्यो

images
बिहीबार , भदौ ३० २०७९
images
अर्थतन्त्रमा बाह्य क्षेत्रको असन्तुलन कायमै, साउनमै घट्यो १२ करोड डलर सञ्चिति

साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको यही अवधिमा ४७ अर्बले घाटामा थियो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामै विदेशी मुद्राको सञ्चिति १.२ प्रतिशतले घटेको छ। आयात प्रतिबन्ध, रेमिट्यान्समा वृद्धि भएपनि विदेशी मुद्राको सञ्चिति साउनमै १२ करोड अमेरिकी डलर घटेको छ।

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार मसान्तसम्म ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेकोमा साउन मसान्तसम्म ९ करोड ४२ करोड डलरमा सीमित भएको छ। 

images
images

आयात घटेका कारणले गर्दा डलर सञ्चितिमा कमी आएपनि आयात सक्षमता महिना भने बढेको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले साउनमा भएको जस्तै आयात भएमा आगामी ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सकिने छ। 

images
images

आर्थिक वर्षको पहिलो महिना रेमिट्यान्स १२.५ प्रतिशतले बढेको छ। गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा ७२ करोडऊ ४० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। गत वर्षको साउनमा रेमिट्यान्स घट्दो ट्रेन्डमा थियो। नेपाली रुपैयाँमा भने रेमिट्यान्स २०.३ प्रतिशतले बढेको छ। 

त्यस्तै साउनमा आयात १२ प्रतिशतले घटेको छ। एकातिर आयातमा कमी अर्कोतिर रेमिट्यान्समा वृद्धि, सेवा खाता घाटमा सुधार हुँदा पनि मुलुकको शोधानान्तर २२ अर्ब ६३ करोडले घाटँमा रहेको छ। यद्यपि यो अघिल्लो वर्षको तुलनामा न्यून हो। गत वर्ष शोधानान्तरण स्थिति ३८ अर्बले घाटामा थियो। 

साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको यही अवधिमा ४७ अर्बले घाटामा थियो। 

साउनमा वार्षिक बिन्दुगत मूल्यवृद्धि ८.२६ प्रतिशत पुगेको छ। पछिल्ला महिनाहरुमा मूल्यवृद्धि निरन्तर उकालो लाग्दै आएको छ। गत वर्षको साउनमा यस्तो मूल्यवृद्धि ४.३५ प्रतिशत थियो। 

 

 


प्रकाशित : बिहीबार , भदौ ३० २०७९११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend