सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

चिनियाँ नेताको भ्रमणपछि खुल्यो तातोपानी र रसुवा नाका 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३० २०७९
images
चिनियाँ नेताको भ्रमणपछि खुल्यो तातोपानी र रसुवा नाका 
चीनबाट विभिन्न सामाग्री बोकेर आएका कन्टेनर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिँदै। तस्बिर : देवराज सुवेदी/रासस

तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।

images
images

काठमाडौं- कोभिड-१९ को सङ्क्रमण बढेको भन्दै झण्डै ४५ दिनदेखि बन्द भएका चिनसँगको तातोपानी र रसुवातर्फका नाका बिहीबारदेखि खुलेका छन्। तातोपानी नाका गएको शनिबारदेखि नै केही खुला भएको भए पनि रसुवातर्फका नाका बिहीबारदेखि खुलेका हुन्। 

images
images
images

नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमतिपश्चात नाका खुलेको बताइएको छ। 

images
images

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।

images
images

अध्यक्ष लीको भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट ती नाका खुला हुनुपर्ने आवाज उठेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँग मङ्गलबार भएको अध्यक्ष लीको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सुरु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो।

भेटवार्ताका अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण कम भएसँगै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पारेका थिए। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट नेपाल भ्रमणमा आएका थिए। रासस


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०९:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend