सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

मेलम्ची बाढी प्रभावितका समस्या सुल्झाउन आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २८ २०७९
images
मेलम्ची बाढी प्रभावितका समस्या सुल्झाउन आग्रह

प्रदेश सरकारले पीडितहरूको घर बनाइदिने भनेर निर्णय गरेको भए पनि हालसम्म निर्माण कार्य नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।

images
images

मकवानपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरूको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन्।

images
images
images

मङ्गलबार हेटौँडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरूको समस्या समाधान गर्न आग्रह गरे।

images
images

उनले जोखिमयुक्त स्थानहरूको निर्माण तथा मर्मतसम्भार गर्न प्रदेश सरकारलाई आग्रह गरे।

images
images

प्रदेश सरकारले सो क्षेत्रका लागि उपलब्ध गराएको १० करोडको बजेट पनि समयमै कार्यान्वयन नभएको भन्दै नेता बस्नेतले सयौँ घर विस्थापित भएकामा चिन्ता व्यक्त गरे।

प्रदेश सरकारले पीडितहरूको घर बनाइदिने भनेर निर्णय गरेको भए पनि हालसम्म निर्माण कार्य नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए। उनले हेटौँडामा सडक विस्तार गर्न, व्यवस्थित राजधानीका रूपमा विकास गर्न र प्रदेशको आफ्नै संरचना निर्माण गर्नसमेत सुझाव दिए। रासस


प्रकाशित : मंगलबार, भदौ २८ २०७९१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend