सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

पाकिस्तानलाई हस्तान्तरण गरियो सहयोग सामग्री

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २८ २०७९
images
पाकिस्तानलाई हस्तान्तरण गरियो सहयोग सामग्री

अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

images
images

पाकिस्तान- नेपाल सरकारले विपद्‍मा परेको पाकिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तानका सम्बद्ध अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेको हो।

images
images
images

अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल नेतृत्वको नेपाली प्रतिनिधीमण्डल मंगलबार नै यहाँ आएको हो।

images
images

उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत पाकिस्तानको कराँची सहर ल्याइएको हो। यसअघि उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिदाइ गरेका थिए। उक्त प्रतिनिधी मण्डल मंगलबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ। रासस

images
images


प्रकाशित : मंगलबार, भदौ २८ २०७९११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend