सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

इन्जिनियरहरूले पैसा नखाइ कलम नै चलाउँदैनन् भन्ने मान्यता तोड्नोस् : मन्त्री चौधरी

images
मंगलबार, भदौ २८ २०७९
images
इन्जिनियरहरूले पैसा नखाइ कलम नै चलाउँदैनन् भन्ने मान्यता तोड्नोस् : मन्त्री चौधरी

इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गरे।

images
images

काठमाडौं- सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन्। 

images
images
images

लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ। राज्यले पनि तपाईँहरुमाथि ठूलो लगानी र भरोसा गरेको छ। राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला। कहिल्यै पैसाका पछि नलाग्नुस्। तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ।’

images
images

इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गरे। ‘जनतालाई पिर पर्ने काम नगर्नुस्। मन दुख्ने भाषा नबोल्नुस्। तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफु मुनिका कर्मचारीलाई पनि नहेप्नुस्। नथर्काउनुस्। राम्रो संस्कार देखाउनुस्। मेहनतमा विश्वास गर्नुस्। मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ’ उनले भने। 

images
images

ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिनसमेत मन्त्री चौधरीले निर्देशन दिएका छन्।

इन्जिनियरिङ सेवा सिभिल समूह अन्तर्गत विल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमूहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले सपथ खुवाएका थिए।


प्रकाशित : मंगलबार, भदौ २८ २०७९१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend