शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सेयर बजार घट्नुमा महासंघले दियो आठ कारण, सच्याउन माग

images
सोमबार, असोज १८ २०७८
images
सेयर बजार घट्नुमा महासंघले दियो आठ कारण, सच्याउन माग

नेपालको पुँजी बजार गतिशील भएको अवस्थामा ब्रेक लाग्नुको कारण दिँदै नेपाल उद्योग वाणिज्य महासंघले सुधार गर्न सरकार समक्ष माग गरेको छ। 

images
images

काठमाडौं- नेपालको पुँजी बजार गतिशील भएको अवस्थामा ब्रेक लाग्नुको कारण दिँदै नेपाल उद्योग वाणिज्य महासंघले सुधार गर्न सरकार समक्ष माग गरेको छ। 

images
images
images

पुँजी बजारको इतिहासमा सर्वाधिक राजस्वसमेत प्रदान गर्न सफल रहेको अवस्थामा सरकारकै कमजोरीका कारण समस्या आएकोसमेत महासंघले ठहर गरेको छ। 

images
images

डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्फ आकर्षण बढ्दै गएको अवस्थामा भविष्यको समेत चिन्ता दिनुपर्ने बेला आएको समेत महासंघले जनाएको छ। 

images
images

मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नुले पनि सेयर बजारमा ब्रेक लागेको ठहर महासंघले गरेको छ। 

सूचीकृत कम्पनीले आफ्नो आवश्कताअनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयरबजारमा असर परेको देखिने समेत जनाएको छ। 

सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पुँजी बजार ओरालो लागेको देखिने समेत महासंघले जनाएको छ। उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग समेत महासंघले जनाएको छ। 

पुँजी बजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गरेको छ।

साथै पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघले आग्रह गरेको छ। यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक रहेको ठहर समेत महासंघले गरेको छ। 


प्रकाशित : सोमबार, असोज १८ २०७८१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend