सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

चिनियाँ नेताको भ्रमणले सडक व्यवस्थापन अस्तव्यस्त, ट्राफिकको आग्रह- वैकल्पिक बाटो खोज्नूस्

images
मंगलबार, भदौ २८ २०७९
images
चिनियाँ नेताको भ्रमणले सडक व्यवस्थापन अस्तव्यस्त, ट्राफिकको आग्रह- वैकल्पिक बाटो खोज्नूस्

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले मंगलबार एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।

images
images

काठमाडौं- चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शुको नेपाल भ्रमणका कारण उपत्यकाको सडक व्यवस्थापन अस्तव्यस्त भएको छ। सोमबार दिनभर ट्राफिक आवागमन प्रभावित हुँदा सर्वसाधरण समस्यामा परेका थिए। उही अवस्था मंगलबार पनि दोहोरिएको छ।

images
images
images

ट्राफिक व्यवस्थापनका कारण समस्या झेल्नुपर्दा सर्वसाधरणहरूले विरोधसमेत गरिरहेका छन्। यसैले काठमाडौं उपत्यका ट्राफिक कार्यालयले मंगलबार एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।

images
images

बिहान पौने ९ बजे रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। त्यस्तै, ११ बजेर ३० मिनेटपछि रवीभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्यमोदय आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

images
images

यसैगरी, दिउँसो ४ बजेर ३० मिनेटमा पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली विशेष विमानबाट सोमबार अपराह्न काठमाडौं आएका हुन्। लीले भदौ ३० गतेसम्म चार दिनको समय नेपाल भ्रमणमा बिताउने छन्।


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend