सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २७ २०७९
images
साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ।

images
images

काठमाडौं- दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ। दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ।

images
images
images

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए।

images
images

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ। पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोबार निरन्तर बढिरहेको छ। 

images
images

आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो। आव २०७४/७५ मा नौ अर्ब ६८ करोड, आव २०७५/७६ मा आठ अर्ब २५ करोड, आव २०७६/७७ मा नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए। 

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको उहाँको भनाइ छ। बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधारगर्दै लगेको छ। कर्पोरेशनले आव २०७७/७८ मा मात्रै पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ। गत आवको कारोवार एकीकृतगर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए। 

सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ। विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो। तत्कालीन समयमा जनतालाई सहजपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै लगेको छ। कर्पोरेशनले पछिल्ला समय स्थानीय उत्पादनको बजारीकरणमा जोड दिँदै आएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २७ २०७९१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend