सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

विदेशी पर्यटक नआउँदा पनि बुद्ध एयरको आम्दानी बढ्यो, ९ महिनामै कमायो ७ अर्ब

images
आइतबार, भदौ २६ २०७९
images
विदेशी पर्यटक नआउँदा पनि बुद्ध एयरको आम्दानी बढ्यो, ९ महिनामै कमायो ७ अर्ब

पछिल्लो समय आन्तरिक उडानमा यात्रुको संख्यामा वृद्धि भएको छ। यसको प्रभाव बुद्धको व्यापारमा देखिएको हो। 

images
images

काठमाडौं- विदेशी पर्यटकको आगमन धेरै नभएपनि बुद्ध एयरले महामारीअघिकोभन्दा पनि बढी आम्दानी गर्न थालेको छ। 

images
images
images

कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको तुलनामा बढी आम्दानी गर्न थालेको हो। 

images
images

बुद्ध एयरले सन् २०२२ को ९ महिनामा  ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ। यो कोरोना महामारी सुरु हुनुअघिकै वर्षभरकोभन्दा धेरै आम्दानी हो। 

images
images

महामारी सुरु भएपछि तीनवटा जहाज थप गरेको बुद्धले यो आम्दानी नेपाली यात्रुबाटै सम्भव भएको हो। यसअघि सामान्य अवस्थामा कूल आम्दानीको २० देखि २५ प्रतिशत अमेरिकी डलर आम्दानी हुने भएपछि अहिले पर्यटक आगमन धेरै नहुँदा खुम्चिएको छ। 

एयरलाइन्सको मासिक आम्दानीमा पनि बुद्धि भएको छ। यो वर्ष आएर बुद्धिले ८५ करोड मासिक आम्दानी गरेको छ। जबकी सन् २०१९ मा एयरलाइन्सले मासिक ५६ करोड आम्दानी गर्दै आएको थियो। 

पछिल्लो समय आन्तरिक उडानमा यात्रुको संख्यामा वृद्धि भएको छ। यसको प्रभाव बुद्धको व्यापारमा देखिएको हो। 


प्रकाशित : आइतबार, भदौ २६ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend