सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

विकास आयोजनामा राजनीतिकरण नगरौँ : सुशील भट्ट 

images
आइतबार, भदौ २६ २०७९
images
विकास आयोजनामा राजनीतिकरण नगरौँ : सुशील भट्ट 

दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले फोरमको आयोजना गर्न खोजेको उनले बताए। 

images
images

काठमाडौं- लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विकास आयोजनामा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। 

images
images
images

देश र जनताका लागि आर्थिक विकास अनिवार्य रहेको र यसका लागि लगानी चाहिने अवस्था सम्झाउँदै उनले बृहत्तर हित हुने आयोजनामा राजनीतिक प्रतिरोध हुन नहुने बताएका हुन्। 

images
images

भदौ २९ गते काठमाडौंमा बोर्डले आयोजना गर्न लागेको दीगो पूर्वाधार लगानी फोरमका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो समय बोर्डले रुपान्तरणकारी आयोजनामा लगानी भित्र्याउने सम्झौता गरेको जानकारी दिए। 

images
images

गएको १० वर्षमा बोर्डले गरेका प्रयास स्वरुप अहिलेसम्म राम्रै प्रतिफल आएको र बोर्डले रणनीति बनाएर रुपान्तरणकारी छालाङ लिन लागेको जानकारी दिए। 

बदलिँदो अवस्थामा अर्थतन्त्रले माग गर्ने पूर्वाधार, त्यस्ता पूर्वाधारमा चाहिने लगानीका लागि नयाँ रणनीति तय गर्न आवश्यक भएको उनले बताए। तयारी गरेर फोरम आयोजना गर्न लागेको र यसमा संसारभरका सरोकारवालाहरूको सहभागिता हुने भट्टले जानकारी दिए। 

दीगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले फोरमको आयोजना गर्न खोजेको उनले बताए। 

नेपालले विश्व जलवायु सम्मेलन (कोप-२६) मा नेट जीरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिवद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले विश्वास लिएको छ। 

फोरममा लगानीकर्ता निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरू सहभागि हुने छन्।


प्रकाशित : आइतबार, भदौ २६ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend