शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजार ८० दिनअघिकै न्यून बिन्दुतर्फ, देखिएन उकालो लाग्ने विश्वसनीय आधार

७४ करोड ७२ लाख रुपैयाँको मात्र कारोबार

images
आइतबार, भदौ २६ २०७९
images
सेयर बजार ८० दिनअघिकै न्यून बिन्दुतर्फ, देखिएन उकालो लाग्ने विश्वसनीय आधार
images
images

काठमाडौं- विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा निरन्तर ओरालोतर्फ देखिएको छ। मौद्रिक नीतिपछि बजारको सुधारका लागि आवश्यक सूचकहरू मिल्दै गएको भनिए पनि अवस्था ठीक विपरित भइरहेको छ। 

images
images
images

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। अहिलेको उतारचढावपूर्ण अवस्थापछि देखिएको ओरालो यात्राले बजार पुन: १८४८ आसपासमै पुग्ने देखिएको विश्लेषकहरू बताउँछन्।

images
images

आइतबार ११.४७ अंकले घटेर सेयर बजार १९२६.२८ बिन्दुमा झरेको छ। जहाँ ७४ करोड ७२ लाख रुपैयाँको मात्र कारोबार भएको छ। जसमा २६ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५६ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

images
images

गएको भदौको उच्च अंकदेखि घट्दो बजारमा प्रवेश गरेर उताचढाव भइरहँदा ठूला लगानीकर्ताहरूले निरन्तर चलखेल गरिरहेका छन्। घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न नसकेको विश्लेषकहरू बताउँछन्। विभिन्न समय अनेक कारणहरू दिँदै ठूला लगानीकर्ताको चलखेल चलिरहँदा सधैँ त्यसको भुङ्‍ग्रोमा परिरहन्छन् साना लगानीकर्ता परिरहेका छन्। 

अहिलेको अवस्थामा बजारले अर्थतन्त्र सुधारको संकेत खोजिरहेको सेयर विश्लेष्क विष्णु बस्याल बताउँछन्। सेयर बजार पुनः १९०० भन्दा तल झर्ने देखिएको उनको भनाइ छ। बजार पुन: एक पटक १८५० कै हाराहारीमा आएर मात्रै माथितिरको बाटो तय गर्ने बस्याल बताउँछन्।

'दसैँले पनि बजारमा कुनै असर गर्ने अवस्था देखिँदैन। अर्थतन्त्रमा अझै केही समस्या देखिएको छ। बजार प्रति विश्वासको  वातावरण अझै बन्न सकेको छैन', विश्लेषक बस्याल भन्छन्, 'अब लगभग एक दुई महिनाभित्रमा बजार तल्लो बिन्दुमा पुगेर माथिलो बिन्दु समात्न सक्ने ट्रेन्ड देखिएको छ। बजार तल आइरहँदा कस्तो प्रवृत्ति देखाउँछ त्यसमा पनि भर पर्छ।'


प्रकाशित : आइतबार, भदौ २६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend